सुत्केरी हुने क्रममा महिलाको मृत्यु

असार १८, २०७६ | मुगु

- मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा प्रसुतीगृहको अभावमा एक सुत्केरीको मृत्यू भएको छ ।

कार्मारोङ गाउँपालिकाको चितै गाउँकी ३५ बर्षिय पासाङ फुटी तामाङको घरमै सुत्केरी हुँदा साल निस्कन नसकेर अकालमै ज्यान गएको मुगम कार्माङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताउनुभयो । चितै गाउँबाट किम्री प्रसुतीगृह पुग्न करिब एक दिनको समय लाग्ने भएकाले तत्काल उद्दारमा समस्या भएको हो ।

आमाको मृत्यू भएपछि शिशुको बिचल्ली भएको छ । सुत्केरीमा समस्या भएको दुई दिन पछि थाहा पाएका कारण थप उपचारको निम्ति सदरमुकाम लैजाने तयारी गरिरहँदा पासाङको मृत्यु भएको गाउँपालिका प्रमुखको भनाई छ । पासाङको तेश्रो पटक सुत्केरी हुँदा मृत्यु भएको हो ।

 


प्रतिक्रिया