बाढी पीडितलाई प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब

असार ३१, २०७६ | काठमाडौं

प्रदेश २ सरकारका सबै मन्त्रीले बाढी प्रभावित परिवारलाई एक महिनाको तलब दिने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै मन्त्रीहरुको एक महिनाको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह समेत गरेको छ । प्रदेश २ मा मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री छन् ।

बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति गठन गरेको छ ।

समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण छ ।

प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छ । प्रदेश २ सरकारले यस अघि नै बाढीबाट मृत्यु भएकाको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया