राष्ट्रपति ट्रम्पले भ्रम फैलाएको चीनको आरोप

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | बीबीसी

अमेरिकासँगको ब्यापार सम्झौताका कारण चीनको आर्थिक वृद्धिदरमा सुस्तता आएको भ्रम राष्ट्रपति डोनाल्ड ट्रम्पले फैलाएको चीनले आरोप लगाएको छ । अमेरिकाले लगाएको करको प्रभाव चीनको अर्थतन्त्रमा परेको राष्ट्रपति ट्रम्पले ट्विट गरेपछि चीनले खण्डन गरेको हो ।

चीनको आर्थिक वृद्धि दर २७ वर्षकै न्यून अवस्थामा पुगेको छ । अमेरिकासँगको ब्यापार युद्धका कारण चीनको अर्थतन्त्रको वृद्धि दर कम भएको अमेरिकाले दाबी गरेको हो । चीनको अर्थतन्त्र पछिल्लो ६ महिनामा केही सुस्त भएपनि खराब अवस्था नरहेको चिनिया विदेश मन्त्रालयले जनाएको छ ।

विश्व र अमेरिकाको अर्थतन्त्रको अवस्थाको भन्दा चीनको अर्थतन्त्र स्थिर अवस्थामा रहेको चीनले दाबी गरेको छ ।  


प्रतिक्रिया