प्रधानसेनापति थापा स्वदेश फिर्ता

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | काठमाडौं

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भई नेपाली सेनाका प्रधानसेना पति पूर्णचन्द्र थापा स्वदेश फर्कनु भएको छ । संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको कार्यक्रममा सहभाभगी भएर प्रधानसेना पति पूर्णचन्द्र थापा आज स्वदेश फर्कनु भएको हो ।

राष्ट्रसंघको औपचारिक निमन्त्रणा तथा ब्रिटिस आर्मड् फोर्सले आयोजना गरेको ‘फर्स्ट वमेन पिस एण्ड सेक्युरिटी डब्ल्यु.पी.एस नेटवर्किङ मिटिङ’ तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो ‘चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा सहभागी भई प्रधानमसेनापति थापा आज स्वदेश फिर्ता हुनुभएको हो ।

 भ्रमणको दौरान प्रधानसेनापति थाफाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यत्तित्वहरु लगायत डिपार्टमेन्ट अफ डिफेन्स डीओडीमा युएस आर्मड् फोर्सका ‘ज्वाइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भा’ ‘डीओडी’ अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । 

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहादै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधानसेनापति थापा असार २३ गते मिक्रराष्ट्र संयुत्त राज्य अमेरिका जानुभएको थियो । 


प्रतिक्रिया