राष्ट्रियसभाका अध्यक्ष चढेको हेलिकोप्टर आकस्मिक अवतरण 

श्रावण ३१, २०७६ | रुकुम पूर्व

मौसमी प्रतिकूलताका कारण राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । बाग्लुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकोप्टर रुकुम पूर्वको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभुत विद्यालय रिसालचौरमा अवतरण गरिएको हो ।

ढोरपाटनमा महोत्सव उद्घाटन गरी फर्कने क्रममा मौसम प्रतिकूल भएपछि दिउँसो साढे १ बजे रिसाल चौर विद्यालयको प्राङ्गणमा हेलिकोप्टर अवतरण भएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बाग्लुङ ढोरपाटन नगरपालिकाका प्रमुख लगायत ५ जना सवार थिए । उनीहरुको सुरक्षाको लागि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योकेन्द्रकुमार खड्काले बताउनुभयो ।  


प्रतिक्रिया