काश्मिर मुद्दामा बाह्य हस्तक्षेप आवश्यक छैन : भारत  

श्रावण ३२, २०७६

- भारतले आफू प्रशासित काश्मिरको मुद्दा नितान्त आन्तरिक भएको भन्दै त्यसका ब्राह्य हस्तक्षेप आवश्यक नभएको बताएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्धिनले अनुच्छेद ३७० को मुद्दा आन्तरिक भएको र त्यसमा बाहिरी तत्वको कुनै लेनादेना नभएको बताउनुभएको हो ।  

मुलुकको आर्थिक, सामाजिक विकासका लागि भारत सरकारले सो फैसला गरेको उहाँको भनाई थियो । भारतको फैसलामाथि पाकिस्तानले उठाएको सवालपछि सुरक्षा परिषदमा अनौपचारिक बैठक बसेको हो । 

 


प्रतिक्रिया