प्राधिरकण विधेयकमा तीन वटा संशोधन

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयकमा भएको गठन प्रक्रियाप्रति नै प्रश्न उठाउँदै दुई वटा समूहगत र एउटा एकल संशोधन दर्ता भएको छ । नेपाली कांग्रेसले राधेश्याम अधिकारीको नेतृत्वमा तथा नेकपाका सांसद ठगेन्द्र प्रकाश पुरीको संयोजकत्वमा संशोधन दर्ता गराएका हुन् ।

नेकपा कै रामनारायण विडारीले भने एकल रुपमा नै संशोधन दर्ता गराउनुभएको राष्ट्रिय सभाको विधेयक शाखाले जनाएको छ । सबैले दर्ता गराएको संशोधनमा प्राधिकरण गठन प्रक्रिया, क्षेत्रााधिकार, प्राधिकरणको काम कर्तव्य र अधिकार जस्ता विषय समेटिएको सो शाखाले जनाएको छ ।

एउटा स्थानीय तह केन्द्रीत ऐन केन्द्रले बनाउन लाग्दा संविधानसँग बाझिन सक्ने र यो केन्द्रको क्षेत्राधिकारमा नपर्ने भएकाले पनि सच्याउन संशोधन दर्ता गराएको कांग्रेसका नेता अधिकारीले बताउनुभयो ।

यस्तै नेकपाका सांसद विडारीले पनि प्रत्यायोजित अधिकार लगायत विषय समेटेर संशोधन दर्ता गराएको बताउनुभयो । राष्ट्रिय सभाको गत बुधबारको बैठकबाट सो विधेयक बहुमतले स्वीकृत भएपछि सचिवालयले संशोधन दर्ता गराउन आज दिउँसो सम्मको समयावधि दिएको थियो । 


प्रतिक्रिया