पाकिस्तानका प्रधानमन्त्री खानले मुजफ्फराबादबाट सम्बोधन गर्ने

भाद्र २७, २०७६

- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादबाट सम्बोधन गर्नुहुने भएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत जानकारी दिँदै प्रधानमन्त्री खानले  भारत प्रशासित कश्मीरका जनतामाझ पनि एकताको सन्देश दिने उद्देश्यले आजको कार्यक्रममा सहभागी हुन लागेको उल्लेख गर्नुभएको छ ।

भारतले जम्मु कश्मीरको विशेष व्यवस्था गरिएको सो क्षेत्रमा सञ्चारमाध्यम लगायतमा लगाइएको प्रतिबन्धलाई वेवास्ता गर्दै खानले आजको कार्यक्रममा सम्बोधन गर्न लाग्नुभएको हो । यसअघि  प्रधानमन्त्री खानले २५ सेप्टेम्बरसम्म एकताको लागि प्रदर्शन गर्ने घोषणा गर्नुभएको थियो । सोही क्रममा गत साता पनि प्रधानमन्त्री खान त्यहाँ पुग्नुभएको थियो । 


प्रतिक्रिया