युक्रेनी समकक्षीसंग बाइडेनको बारेमा छलफल गरेको ट्रम्पको स्वीकारोक्ति

आश्विन ६, २०७६ | काठमाडौं

- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेनबारे युक्रेनी समकक्षी भोलोदिमीर जेलेनेस्कीसंग टेलिफोन वार्ता गरेको स्वीकार गर्नुभएको छ ।

बाइडेन र उनका छोरामाथि छानविनका लागि युक्रेनलाई ट्रम्पले दवाव दिएको आरोप लागिरहदा उनले वार्ता भएको स्वीकार गरेका हुन् ।

छोरा हन्टरले युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीको निर्देशकका रुपमा काम गर्दा तत्कालिन उपराष्ट्रपति बाइडेनले युक्रेनसम्बन्धी अमेरिकी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सोही बिषयलाई लिएर सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटका तर्फबाट बलियो उम्मेद्वार मानिएका बाइडेनको चरित्र धमिल्याउन ट्रम्पले कुनै विदेशी नेतालाई दबाव दिने प्रयास गरेको आरोप लागेको छ । 

योसंगै डेमोक्रेट्सले ट्रम्पमाथि महाभियोग लगाउने बलियो आधार तयार भएको बीबीसीले उल्लेख गरेकोछ । ट्रम्पले भने बाइडेनमाथि छानविनका लागि दवाव नदिएको दाबी गर्दै आउनुभएको छ ।  

 


प्रतिक्रिया