राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

रेडियो कान्तिपुर संवाददाता

आश्विन २९, २०७६ | काठमाडौं

- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ  जानुभएको छ ।  म्यानमारका समकक्षी ऊ बिन मिन्टको निमन्त्रणमा राष्ट्रपति भण्डारी त्यसतर्फ लाग्नुभएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट्ने कार्यतालिका छ । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । 

बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका स्थान भ्रमणको कार्यतालिका पनि छ । राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल लगायत छन् ।

 म्यानमारको भ्रमण सकेर राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानुहुनेछ ।  जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उहाँले उपस्थिति  जनाउनुहुनेछ । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 


प्रतिक्रिया