सांसद प्रमोद साह साधारण तारेखमा रिहा

कार्तिक १, २०७६ | धनुषा

प्रतिनिधि सभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले आज सांसद साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । बुद्ध एयरको जनकपुरस्थित काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि आज थुनछेकको बहसपछि न्यायाधीश तेजनारायण पौडेलले साधारण तारेखमा रिहाइको आदेश दिनुभएको हो ।

साहबिरुद्ध चलाइएको मुद्दा हिजो जिल्ला अदालत धनुषामा पेस गरिएको थियो । गत सोमबार काठमाडौं उड्न जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो । अस्ती बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको म्याद दिएको थियो ।

म्याद सकिन दुई दिन बाँकी छँदै जिल्ला प्रहरी कार्यालय, धनुषाले तोडफोड मामिलामा सबै अनुसन्धान सकेर अदालत पेस गरेको हो । सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।


प्रतिक्रिया