वुमन्स च्याम्पियन्स लिगमा आज पनि २ खेल हुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल क्रिकेटमा आज पनि २ खेल हुँदैछन् । आजको पहिलो खेलमा क्याट क्विन्स काठमाण्डौ र ललितपुर फाल्कोन्सबिच प्रतिस्पर्धा हुनेछ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे मैदान उत्रदा काठमाण्डौ तेस्रो जितसँगै प्लेअफ प्रबेश गर्ने योजनामा रहँदा, सुरुवाती २ खेल गुमाएको ललितपुर पहिलो जितको खोजीमा रहेको छ ।

 

आजै अपरान्ह साढे १ बजे विराटनगर टाईटन्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ । यसअघि नै प्लेअफ पुगिसकेको चितवन शत प्रतिशत जितको योजनामा रहँदा, ४ अंकमा तेस्रो स्थानमा रहेको विराटनगर तेस्रो जितसँगै अघिल्लो चरणमा आफ्नो यात्रा सुरक्षित गर्न चाहान्छ ।

 

जारी प्रतियोगितामा पोखरा पल्टन र ललितपुर फाल्कोन्सले कुनै जित निकाल्न सकेका छैनन् । काठमाण्डौ र विराटनगरले समान २ जित हात पार्दा चितवन राईनोज अपराजित रहेको छ ।  

 


प्रतिक्रिया