सरकारले कर छल्ले ठूला व्यवसायीलाई खोज्नुपर्‍यो : अर्थविद् अधिकारी

रेडियो कान्तिपुर संवाददाता

मंसिर १, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 November 2019 | 01 Magsir 2076

अर्थविद् प्राध्यापक डा शिवराज अधिकारीले कर छल्ने ठूला व्यवसायिक कम्पनीतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । विभिन्न कानूनी छिद्रमा टेकेर कर छल्ने प्रवृत्ति कायमै रहेको भन्दै प्राध्यापक अधिकारीले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले नेपालको कर प्रणाली आर्थिक समृद्धि उन्मुख हुनुपर्ने बताउनुभयो ।

प्रमुख राष्ट्रिय समाचार

* सत्तारुढ नेकपामा दुई अध्यक्षवीच मत मिल्न नसक्दा मन्त्रीपरिषद हेरफेर, सभामुख चयन लगायतका विषय अन्यौलमा/सांगठनिक एकीकरण प्रक्रीयाले अझै पुर्णता पाउन सकेन 

* सेवा निवृत्त कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउनेगरि कानून बन्दै/पेन्सन वा नयाँ नियुक्ती मध्ये १ रोज्न पाईने 

* मुलुकमा पछिल्लो १० वर्षमा भएको सवारी दुर्घटनामा २० हजार भन्दा वढीको मृत्यु भएको तथ्याङक/दुर्घटनाको मुख्य कारण चालक भएको प्रहरीको भनाई 

* इरानमा सरकारले पेट्रोलियम पदार्थको मुल्य वढाएपछि विरोध प्रर्दशन उग्र बन्दै/२ जनाको मृत्यु

 र

* दक्षिण एसियाली खेलकुद सागको तयारी अन्तिम चरणमा/राष्ट्रको प्रतिष्ठासंग जोडिएकाले सवैको सहयोग आवश्यक रहेको सदस्यसचिव सिलवालको भनाई

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 

 

 

 


प्रतिक्रिया