प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले केही पुराना मन्त्रीलाई यथावत राख्दै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नु भएको थियो ।

बुधबार राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो । नयाँ मन्त्रीको शपथ ग्रहण बिहीबार बिहान गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया