सौराहामा फुड फेस्टिबल

माघ २७, २०७४ | चितवन

चितवनको पर्यटकीय नगरी सौराहामा भ्यालेनटाइन डे को अबसरमा फुड फेस्टिबलको आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल (रेवान) को आयोजनामा १२ औं सौराहा फुड फेस्टिबल आयोजना हुन लागेको हो । आईतबारबाट सुरु हुन लागेको फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ । विभिन्न समुदायले बनाएका खानाका परिकार फुड फेस्टिबलको मुख्य आकर्षण बन्ने आयोजकले जनाएको । 

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार ४८ वटा खानाका स्टल राखिने छ । त्यस्तै रेवानमा आबद्ध रेष्टुरेण्ट तथा होटलमा १५ प्रतिशत छुटको ब्यवस्था गर्ने अध्यक्ष गिरीले बताउनुभयो । फुड फेस्टिबलमा रमाउन आउनेको भिड लाग्छ । सौराहाको प्रबेशद्धारस्थित सिसुवार मैदानमा हुने फेस्टिबलमा युवा पुस्ताको भिड लाग्ने गर्छ । 

भ्यालेनटाईन डे को दिन सौराहा जागै रहन्छ । परिवार सहित घुम्न आउनेको जमात समेत बाक्लो हुने गरेको छ । फुडफेस्टिबलको मुख्य उद्देश्य स्थानीय समुदायले तयार पारेको खानाहरुको प्रबद्र्धन गर्नु रहेको अध्यक्ष गिरीले बताउनुभयो । गिरीका अनुसार फेस्टिबलमा अर्को मुख्य आकर्षण प्रेमपत्र लेखन प्रतियोगिता हुने छ । 

यो बेला सौराहाले बेहुलीको रुप लिन्छ । समग्रमा ६० वटा स्टल रहने छन । फुड फेस्टिबल सफल बनाउन र पाहुना बोलाउन देश दौडाहमा समेत निस्किएको रेवानका प्रथम उपाध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो । उहाँका अनुसार निम्तो गर्दै टोली पोखरा, बुटवल र नवलपरासी पुगेको थियो । 

 


प्रतिक्रिया