गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

जेष्ठ २४, २०७६ | पोखरा
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पोखरामा दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । यसअघि गत बुधवार नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएपनि मुस्लिम समुदायको इद उल फित्रको सार्वजनिक विदा परेपछि आजका लागि सारिएको हो ।
बुधबारै प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठकले नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे सार्वजनिक गर्ने निर्णय गरेको थियो ।