धनकुटामा माटो परीक्षण कार्य सुरु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २५, २०७६ | धनकुटा

अर्ग्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ धनकुटामा खेतीका लागि माटो परीक्षण कार्य सुरु गरिएको छ । अर्ग्यानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी संस्थाको पहलमा प्राविधिकद्वारा पहिलो चरणमा धनकुटा नगरपालिका ६ नम्बर वडाबाट माटो परीक्षण थालिएको हो ।

अर्ग्यानिक तरकारी खेतीका लागि पहिलो चरणमा माटो परीक्षण थालिएको आयोजक संस्थाका अध्यक्ष भीमा खनालले बताउनुभयो । पछिल्लो समय अर्गानिक तरकारी खेतीतर्फ कृषक आकर्षित बन्दै गएकोले माटोको अवस्था पत्ता लगाउन लागिएको खनालले जानकारी दिनुभयो । आगामी एक सातासम्म परीक्षण कार्य जारी रहने छ ।

हालसम्म करीब एक सय कृषकको जग्गाको माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । व्यवसायिक कृषिको लागि माटो परीक्षण अनिवार्य रहेको वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका अध्यक्ष रोमलाल गिरीले बताउनुभयो । 


प्रतिक्रिया