वित्तिय पहुँचमा सुधार  

रेडियो कान्तिपुर संवाददाता

असार ५, २०७६ | काठमाडौं

- मुलुकभरका  ७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएका छन् ।  सरकराले चालु आर्थिक वर्षमा ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य वैंकको शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७६ को वैशाख मसान्तसम्म ७ सय २५ स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको शाखा पुगेको छ । 

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार प्रदेश १ र २  मा १ सय ३४, प्रदेश ३ मा १ सय १७, गण्डकी प्रदेशमा ८३, प्रदेश ५ मा १ सय ९, कर्णाली प्रदेशमा ६७ र सुदुरपश्चिम प्रदेशमा ८१ वटा शाखा विस्तार भएको छ ।  गत वर्षको असार मसान्तमा ६ हजार ६ सय ५१ बैंक तथा वित्तिय संस्था रहेकोमा २०७६ वैशाख मसान्तमा सो संख्यामा वृद्धि भई ८ हजार ३ सय १९ पुगेको छ  । 

 


प्रतिक्रिया