सुनको मूल्य हाल सम्मकै उच्च

रेडियो कान्तिपुर संवाददाता

असार ५, २०७६ | काठमाडौं

सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुन आज प्रतितोला ६४ हजार रुपैयाँ कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो ।

हिजो ६३ हजारमा कारोबार भएको सुन १ हजार बढेर ६४ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यो हाल सम्मै उच्च मूल्य हो । महासंघका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस १ हजार ३ सय ४४ डलरमा कारोबार भएको थियो । आज मूल्य बढेर १३ सय ८० डलर पुगेको छ ।

चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको महासंघको भनाई छ । यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ । 


प्रतिक्रिया