चितवनको फाँट र टल्केका हिमाल (फोटोफिचर)

कार्तिक १४, २०७७ | चितवन

आकाश खुलेका बेला चितवनका फाँटबाटै हिमाल हेर्न पाइन्छ । चितवनमा यो बेला धान पाकेर स्याहार्ने चटारो छ । खेतमा व्यस्त भएकाहरुलाई हिमाल हाँसेको दृश्य हेर्दा मग्न बनाउँछ । कतै धान काट्दै गरेका खेतालाहरु छन्, कतै धान स्याहार्न थ्रेसर लगाउँदै गरेका स्थानीयहरु छन् । जिल्लाको पूर्वी क्षेत्र, पश्चिम क्षेत्र र माडीबाट समेत टल्केका हिमालहरु देख्न पाइन्छ । 


प्रतिक्रिया