शिवमन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

फाल्गुन २७, २०७७ | कपिलवस्तु

शिवरात्रीमा भगवान शिवको पूजाआजा गर्न जिल्लाका विभिन्न शिव मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । बिहानै ३ बजेदेखि नै सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनले पूजाआजा गरिरहेका छन् । 

नजिकको वाणगंगा नदीको रामघाटमा स्नान गरी पूजाआजा गर्न श्रद्धालु भक्तजन तौलेश्वरनाथ महादेवको मन्दिरमा लामो लाम लागेका छन् । त्यस्तै अर्को महत्वपूर्ण धार्मिक स्थल सुदूरपश्चिमको शिवराज नगरपालिकाको शिवगढी पहाडमा रहेको शिव मन्दिरमा पनि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ । 

३ घण्टा पहाड चढेपछि पुगिने मन्दिर पनि बिहानै ३ बजेदेखि दर्शनार्थीहरु लाईनमा बसेर पूजाआजा गरिरहेका छन् । पहाड चढने समय लाग्ने हुँदा कतिपय श्रद्धालु भक्तजन बुधबार साँझै पुगेका थिए ।

 त्यस्तै हथौसाको शिव मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । यी तिनै ठाउँका मन्दिर वरिपरि मेला पनि लागेको छ । मेला भर्नेको घुइँचो पनि उत्तिकै छ । 


प्रतिक्रिया