प्रधान सेनापति शर्माद्वारा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको अवलोकन

फाल्गुन १३, २०८० | काठमाडौं
प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भईरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गर्नु भएको छ ।
प्रधान सेनापति शर्मालाई तालिम केन्द्रका केन्द्रपतिले अभ्यासको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा प्रधान सेनापति शर्माले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय प्रशिक्षण कार्यक्रम, महत्वपूर्ण सक्षमकर्ता र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासहरुको अवलोकन गर्नुका साथै सहभागीसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।








अमेरिकी सरकारको ग्लोबल पीस अपरेशन इनिसिएटिभको सहयोगमा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यो अभ्यास सञ्चालन गरिएको हो । फागुन ८ गतेबाट सुरु भएको नेपाल सहित १९ राष्ट्रका सैनिकहरु सम्मिलित सो अभ्यास २१ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।