एडमिरल एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन

तस्बिर सौजन्य : नेपाली सेना  

फाल्गुन १३, २०८० | काठमाडौं

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करणको संयुक्त राज्य इन्डो–प्यासिफिक कमाण्डका कमाण्डरले अवलोकन गरेका छन् । 

संयुक्त राज्य इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी एक्विलिनो ले आइतबार अभ्यास शान्ति प्रयासको चौथो संस्करणको अवलोकन गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

तस्बिर सौजन्य : नेपाली सेना
तस्बिर सौजन्य : नेपाली सेना

भ्रमणको दौरान उहाँलाई अभ्यास सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो । त्यस अवसरमा एडमिरल एक्विलिनोले अभ्याससँग सम्बन्धित सैध्दान्तिक र व्यवहारिक गतिविधिहरुको अवलोकन तथा सहभागीसँग अन्र्तक्रिया गर्नुभयो ।

उहाँले अभ्यास शान्ति प्रयास–४ को सफल आयोजनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने बताउनुभयो ।

उहाँले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गर्नुभयो । भ्रमणका दौरान बलाधिकृत रथी अशोक राज सिग्देल उपस्थिति हुनुहुन्थ्यो ।

यस्तै, रथीवृन्द, अधिकृत वर्गका साथै अभ्यास सम्वध्द महानुभावहरुको उपस्थिति यियो । शनिबार नेपाल आउनु भएका एडमिरल एक्विलिनोलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गर्नु भएको थियो ।


प्रतिक्रिया