पाल्पाको माडी सराईमा सांस्कृतिक तथा व्यापार महोत्सव सुरु

मंसिर ११, २०८० | पाल्पा
पाल्पामा दोस्रो माडी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव कसेनीको सराईमा सुरु भएको छ । १३ दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी, र्याली निकालिएको छ । र्यालीमा स्थानीय आमा समूह, विद्यालय, युवा, विद्यार्थीको सहभागिता रह्यो ।



माथागढी कसेनीस्थित सराई युवा क्लबको आयोजना, माथागढी गाउँपालिका–३, कसेनीको सह–आयोजनना, माथागढी गाउँपालिकाको संरक्षकका साथै जयमातादी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।




महोत्सवको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले उद्घाटन गर्नुभयो । माडी क्षेत्रको आर्थिक विकास तथा अन्य विकासमा सम्भावनाको खोजी गर्न महोत्सवले सहयोग गर्ने उहाँले बताउनुभयो । कला, संस्कृति, शिक्षाका साथै परम्परागत पेशा व्यवसायलाई प्रवर्द्धन गर्न महोत्सव सहयोगी बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।



