भिक्षु-भिक्षुणीले मनाए थाई नयाँ वर्ष संक्राङ (फोटोफिचर)

वैशाख १, २०७८ | कपिलवस्तु

विश्व शान्तिको प्रार्थना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा थाईल्याण्डको नयाँ वर्ष संक्राङ मनाईयो । यो परम्परागत थाई नयाँ वर्षको दिन हो । नेपालको नयाँ विक्रम संवतसँगै उनीहरु नयाँ वर्षलाई संक्राङ पर्वका रुपमा मनाउने गर्छन् । 

थाईल्याण्डमा राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरेर मुलुक भर ५ दिनसम्म नयाँ वर्ष मनाईन्छ । त्यसै अन्तर्गत यहाँ कार्यक्रम गरिएको हो । लुम्बिनीस्थित शान्ति द्विप नजिक रहेको बेबी बुद्धमा पूजाआजा गरियो । सो अवसरमा बेबी बुद्धलाई धार्मिक विधिपूर्वक नुहाईधुवाई शुद्ध बनाईएको थियो । ३ मिटर लामो पित्तलको पाईपबाट पानी झारेर बेबी बुद्धको पाउ भिक्षु भिक्षुणीले धोएर पवित्र बनाएका थिए । 

सजाएर आकर्षक बनाएको पाईपबाट बेबी बुद्धको पाउसम्म पानी पुर्‍याईएको थियो । भिक्षु भिक्षुणीले पुष्पवर्षा गरेका थिए । समग्र मानव जीवन र प्राणीको सुख शान्ति र कल्याणका लागि पाठ गरेका थिए । त्यसपछि रोयल थाई विहारमा पुगेर शान्तिको कामना गर्दै परित्रान पाठ गरिएको थियो । 

लुम्बिनीमा रहेका विभिन्न मुलुकका थेरबादी संप्रदायका १५ भिक्षुलाई चिबर (पहेलो बस्त्र) दान गरियो । संक्राङका बेला थाई भिक्षु भिक्षुणी र उपासका उपासिका पानी छ्यापाछ्याप गरेर शुभकामना आदानप्रदान गरेका थिए । पानी संग संबन्धित रमाईलो क्रियाकलाप गर्छन् । 


प्रतिक्रिया