‘जसलाई निषेधाज्ञा छैन’ (फोटोफिचर)

असार २, २०७८ | कपिलवस्तु

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले यती बेला जताततै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासँगै ध्वनी प्रदूषण छैन । शान्त र स्वच्छ वातावरण छ । कोलाहल र होहल्ला छैन । चराले उन्मुक्त वातावरण निस्फ्रिकी रमाउन पाएका छन् । 

जिल्लाको सदरमुकाम तौलिहवा आसपास घर, आँगन, कौसी, करेसा बारी र पर्खालमा चराहरु देखिन थालेका छन् । पहिले नदेखेका चरा पनि झुम्मन आईपुगेका छन् । उज्यालो हुन नपाउँदै बिहानै कुक्कु कोईली र काफल पाक्यो कोईलीका सुरिलो आवाज कानमै ठोक्किन पुग्छ ।

त्यस्तै, रैथाने र आन्तरिक बसाइँ सरेर आउने चराको चिरविर र कोकिल कण्ठे बोली पनि घर आँगन, ढोका र झयालमै सुनिन् थालेको छ । कतिले विभिन्न प्रजातिका चराको तस्बिर समेत खिचेर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा राखेका छन् ।

कोलाहल नहुँदा बसाइँसराई गरेर नेपाल भित्रिएका चराको दिनचर्या समेत सुखद बनेको चराविदहरु बताउँछन् । ‘उन्मुक्त वातावरणमा चराहरु विचरण गरिरहेका छन्,’ चराविद् डा. हेमसागर बरालले भन्नुभयो, ‘यसले घर आँगनबाटै चराको आनीबानी र चिरविराहट सुन्न पाउँदा रमाईलो लागेको छ ।’

चराविद् डा. बराल यसले मानिसलाई आनन्दित र स्वस्थ्य बनाईरहेको बताउनुहुन्छ । यहाँ अहिले जुरेली, श्वेतवक्ष जुरेली, भगेरा, कैलो भगेरा र कालो बुङ्गे चराका भालेपोथीको सक्रियता मज्जाले देख्न पाईन्छ । कैलो रविन, कुर्ले ढुकुर, मिल चरा, फुस्रो टाउको सार्रौं र छाङग्रे सार्रौंको चहलपहल पनि उस्तै बाक्लो छ ।

फाप्रे, धोबिनी चरी, ढोडे गोकुल, चिबे र पातसिउते फिस्टोको रोमाञ्चकताले सबैलाई लालायित गरिरहेको छ । त्यस्तै, कोकले, बगाले भ्याकुर, सिमकुखुरा, सानो धनेश, कोईलीका भोले र पोथी पनि रमाईरहेका छन् । 


प्रतिक्रिया