अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाईयो छठ (फोटोहरु)

रुपन्देहीको सिद्धार्थनगरका विभिन्न छठघाटमा पूजाआजा र रमाइलो गर्नका लागि उपस्थित भएका भक्तजन । तस्बिरहरु : सन्जु/रेडियो कान्तिपुर । 

कार्तिक २४, २०७८ | तिलोत्तमा

छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । रुपन्देहीको सिद्धार्थनगर, ओमसतीया, रोहिणी, मर्चवारी, धकधई आदि स्थानमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । 

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउादो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहीबार बिहान तीन बजे स्नान गरी चोखोनितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ ।

छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

रुपन्देहीको सिद्धार्थनगरका विभिन्न छठघाटमा पूजाआजा र रमाइलो गर्नका लागि उपस्थित भएका भक्तजन । तस्बिरहरु : सन्जु/रेडियो कान्तिपुर ।

दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।


प्रतिक्रिया