भेडेटार महोत्सवमा देखिएको सांस्कृतिक झांकी (फोटोफिचर)

पुस १६, २०७९ | धनकुटा
पुर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा सनिवारदेखि जारी परिकार महोत्सवमा सांस्कृतिक नृत्य तथा झांकीको पनि आकर्षण बढेको छ ।
परिकार महोत्सव भनिएपनि जातीय सांस्कृतिक झांकी समेत पर्यटकको आकर्षण बनेको थियो । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसरमा तीन दिने दशौं परिकार महोत्सव आयोजना गरिएको हो ।
मौलिक परिकार सहितका स्टल समावेश छ । उद्घाटनको दिन महोत्सवस्थलमा पुर्वी पहाडका विभिन्न जनजातीको मौलिक सांस्कृतिक नृत्यले भेडेटार बजार क्षेत्रमा रौनक छाएको छ ।



