जनकपुरदेखि मुक्तिनाथ सम्म साइकल यात्रा

जेष्ठ २३, २०७५ | जनकपुर

शान्ति र स्थायित्वको सन्देश फैलाउँदै जनकपुरका एक युवकले साइकल चढेर मुक्तिनाथ यात्रा गरेका छन् । जनकपुरदेखि साइकलमा चढेर १२ दिनमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ दर्शन गरेर फर्किएका छन् । जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर ३१ वर्षीय  रनजीत साह जनकपुरदेखि मुस्ताङको मुक्तिनाथसम्म साइकल यात्रा गरी फर्किएका हुन् ।

उनले तराईमा बस्ने मान्छेलाई पहाड, हिमालमा हेप्ने गरेको सुनेपनि आफूलाई सम्मान प्राप्त भएको बताए । ‘पहाडमा हेप्छन् भन्ने सुनेंको थिएँ, तर ठीक उल्टो रहेछ, रनजीतले भने – ‘तर ठीक उल्टो रहेछ, सम्मान र सहयोग पो गर्दा रहेछन् ।’ मुक्तिनाथ यात्राले सकारात्मक शिक्षा प्राप्त गरेको र शान्तिको सन्देश प्रचार गरेको उनले बताए ।

जनकपुरबाट साइकल चढेर मुक्तिनाथ पुग्दा बाटोमा दु:ख पाएको बिर्सेर आनन्द महशुस गरेको सुनाए । उनले बुबाआमाको इच्छा आकांक्षा पूरा गर्न शान्तिको सन्देश प्रसार गर्न पाएकोमा खुशी व्यक्त गरे ।

पहिलो पटक साइकल चढेर पशुपतिनाथ र दोश्रो पटक प्रसिद्ध धार्मिस्थल खोटाङको हलेसी महदेवको यात्रा गरेका थिए । यसपाली करीब ४ सय ५५ किलो मिटर साइकल यात्रा गरेर फर्किएका युवाको चाहना आगामी यात्रा ताप्लेजुङको प्रसिद्ध पाथीभराको यात्रा गर्ने योजनामा रहेको बताए ।  

 


प्रतिक्रिया