राजमार्ग अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन सुरु

पुस २३, २०७६ | सिरहा

राजमार्ग अतिक्रमण गरी बनाइएका घर टहरा जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय तहको समन्वयमा हटाउन सुरु गरेको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बन्दीपुरदेखि लहान नगर क्षेत्रसम्म ४२ किलोमिटर दूरीमा अतिक्रमण गरी बनाएका घर टहरा हटाउन सुरु गरिएको हो । 

राजमार्गमा पर्ने लहान, गोलबजार, मिर्चैया, कर्जन्हा नगरपालिकासँग समन्वय गरी एकसाथ घर टहरा हटाउन थालेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि राजमार्गका दुवैतर्फ ८२ फिटभित्र बनाइएका घर, टहरा, व्यापारीक सामग्री र अन्य वस्तुहरु भए हटाउन १५ दिनको समयावधि दिइएको थियो । तर नहटाएपछि प्रशासनले डोजर लगाएर हटाउन सुरु गरेको अधिकारीले बताउनुभयो । 

 राजमार्ग आसपासमैं सवारी आवागमन प्रभाबित गर्नेगरी लाग्दै आएको हाटबजारलाई समेत स्थानीय तह र प्रशासनले व्यवस्थित गरेको छ । 

नगरपालिकाले नगरक्षेत्र भित्र जथाभावी थुपारिएका गिट्टी, बालुवा लगायत निर्माण सामग्री पनि हटाउन शुरु गरेको छ । 


प्रतिक्रिया