तनहुँको मानपुरमा बस दुर्घटना हुँदा २ को मृत्यु, २३ घाइते

पुस २५, २०७६ | तनहुँ

तनहुँको घिरिङ गाउँपालिका ३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । 

दुर्घटनामा परी घिरिङ गाउँपालिका १ बैडीकी २० वर्षीया मिना थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही गाउँपालिकाको वडा नम्बर ३ की ४२ वर्षीया नानीमाया गुरुङ्गको पोखराको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताउनुभयो । 

घाइते ३ जना यात्रुको अवस्था चिन्ताजनक छ । गम्भीर घाइतेहरुको पोखराका अस्पतालमा उपचार भईरहेको छ । 

अन्य घाइतेको भने भिमादका स्वास्थ्य क्लिनिकहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको यात्रुबस तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया