चट्याङले लागेर एक बालिकाको मृत्यु, चार घाइते

वैशाख ३, २०७७ | दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तिखाधारमा चट्याङ्ले लागेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति चट्याङ्ले लागेर ७ वर्षीया लक्ष्मी खातीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खातीको घटनास्थलमै मृत्यु भएको र सँगै रहेका अन्य ४ जना घाइते भएका छन् । भद्रसिंह खातीको घरमा राति ८ बजे चट्याङ् गरेको थियो । 

चट्याङले लागेर उनीसँगै रहेका छोरी लक्ष्मीको घटनास्थलमै र पत्नि सिता खाती, छोरा राजेन्द्र खाती र अस्मिता खाती समान्य घाईते भएको जिप्रका दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । घाईते चारै जनाको गोकुलेश्वरअ अस्पतालमा उपचार भईरहेको छ ।

भद्रसिंहकै एक गाई र गाईको बाच्छो, १ गोरू र अमर खातिको घरमा ब्याउने भैंसी मरेको छ । पीडितको घर समेत क्षति पुगेको छ । नजिकैको किडे पातलमा चट्याङले कैले ठगुन्नाको एक गाई पनि मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया