खेवाङ प्रहरी चौकीका ईञ्चार्ज बालकुमार राईको मृत्यु

जेष्ठ ८, २०७७ | ताप्लेजुङ

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको मृत्यु भएको छ । सिदिङवा गाउँपालिका–७ सुरुमखिमको बुरुमखिम भन्ने स्थानबाट झगडा मिलाएर फर्कदै गरेका उनी तावाखोला नजिक आई पुगेपछि अचानक बिरामी परेका थिए ।

बिरामी भएको केही समयपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । स्थानीय कुमार सार्कीको घरसम्म पुगेका असई राईले बान्ता गरेको र केहि समयमै उनको मृत्यु भएको खबर आएको प्रजिल निरौलाले जानकारी दिनुभयो । राईसँगै अरु प्रहरी लगायतको टोली पनि रहेको बताइएको छ ।

घटना लगत्तै सदरमुकाम फुङलिङबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन्द्र कुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थल तर्फ गएको छ । भोजपुरको लेकखर्क घर भई अहिले झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र प्रहरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए । त्यहाँ पुग्न सदरमुकाम फुङलिङबाट गाडीमा सात घण्टा समय लाग्छ । 


प्रतिक्रिया