टिपरको ठक्करबाट धादिङमा एकको मृत्यु

असार २४, २०७७ | धादिङ

टिपरको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ । धुनीबेंसी नगरपालिका–९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा टिपरको ठक्करबाट काठमाडौको नागार्जुन नगरपालिका–३ का ३० वर्षीय महेश श्रेष्ठको मृत्यु भएको हो । 

काठमाडौंबाट नौबीसे तर्फ जाँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिंदा श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने टिपर सहित चालक गल्छी गाउँपालिकाका अमर तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको खानीखोलास्थित प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताउनुभयो । 

श्रेष्ठको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


प्रतिक्रिया