बेनीमा भएको जिप दुर्घटनामा एकको मृत्यु, १० घाइते

कार्तिक १४, २०७७ | म्याग्दी

म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाईते भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको बेनी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । 

बेनी–गलेश्वर सडकखण्डमा अन्तर्गत बेनी नगरपालिका–८ जलेश्वरबाट रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जिप कालीगण्डकी नदी किनारामा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल (३०), सोही ठाउँका जीप चालक नन्द छन्त्याल, कौसभा पाईजा (५०)। ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) घाइते भएका छन् । 

जिल्ला प्रहरी प्रमुख किरण कुँवरका अनुसार दुर्घटनामा परी घाईतेको बेनी अस्पतालमा उपचार भईरहेको छ । घट्नास्थल सदरमुकाम बेनीदेखी करीब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडक खण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन । 


प्रतिक्रिया