पूर्वी नवलपरासीमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

कार्तिक २०, २०७७ | पोखरा

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीमा भएको टिपर दुर्घटनामा परी दुई जनाएको मृत्यु भएको छ । 

दुर्घटनामा परी टिपर चालक बाराको सिमरा घई भएका रामहरी थापा र सहचालक राजेन्द्र चौधरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

बिहीबार दिउँसो भुटुकेडाँडा सल्लाघारीको भित्रि सडकमा होंग्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको टिपर अनियन्त्रित भई भीरबाट करीब ३ सय मिटर तल खसेको थियो । 

दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । 


प्रतिक्रिया