दुना टपरी बनाउन सिक्दै भीमेश्वरका महिलाहरु

पुस १२, २०७७ | चरिकोट
सालको पात टिपेर दुनाटपरी बनाउने चलन हराउान थालेपछि दोरखाको भीमेश्वर नगरपालिका वडा नम्बर–४ र ५ का महिलालाई दुना टपरी बनाउने तालिम दिन थालिएको छ । बजारमा राम्रो माग भएपनि दुना टपरी बनाउने पेशा संकटमा परेको भन्दै महिलालाई दुना टपरी बनाउने तालिम दिईएको हो ।
तालिममा पहिलो चरण दुबै वडाका ३० महिला सहभागी छन् । घरगृहस्थिमै रमाईरहेका महिलालाई आर्थिक उर्पाजनका लागि तालिम दिईएको वडा नम्बर ४ का अध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो ।
सहभागी महिलालाई दुना टपरीसँगै आधुनिक चारकुने र पाँच कुने सहित विभिन्न शैलीका टपरी बुन्ने सीप सिकाईएको छ । धार्मिक कामकाजमा प्रयोगमा आउने दुना टपरी हाल बजारमा सञ्चालित रेष्टुरेण्टहरुमा प्रयोग बढ्दो छ ।
सीप लोप हुँदा बजारमा भने दुना टपरीको अभाव हुने गरेको भीमेश्वर पूजासमाग्री उत्पादन उद्योगका रमेश खतिवडाले बताए । घरनजिकैका जंगलबाट टिपेर ल्याएको पात गाँसेर व्यवसाय गर्ने दोलखाका महिलाहरुले मासिक १५ देखि २० हजार रुपैयाँसम्म दुना टपरीबाटै आम्दानी गर्दै आएका छन् ।