बसको ठक्करबाट हेटौंडामा पैदल यात्रुको मृत्यु

वैशाख १५, २०८२ | मकवानपुर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैयाका ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बसको ठक्करबाट घाइते भएका अन्सारीको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । 

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका–२ का ३९ वर्षीय युवराज माझीलाई अमलेखगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 


प्रतिक्रिया