बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राजेन्द्र पोखरेल पक्राउ

चैत्र २८, २०८१ | गोरखा
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका–५ छोप्राक धारापानीका ५० वर्षीय राजेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बालिकालाई सार्वजनिक स्थानमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफ्न्तले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।
प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका पोखरेलविरुद्ध बालयौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।