रुसद्वारा युक्रेनका विभिन्न ठाउँमा हवाई आक्रमण, १३ को मृत्यु

जेष्ठ ११, २०८२ | काठमाडौं
रुसले युक्रेनका विभिन्न ठाउँमा रुसले गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । ५६ जना घाइते भएका छन् । युक्रेनी वायु सेनाका अनुसार रुसले २ सय ५० ड्रोन र १४ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
राजधानी कीएभमा प्रहार गरिएका मिसाइल र ड्रोनका कारण कैयौं सरकारी संरचनाहरु ध्वस्त बनेका छन् । रुसको ६ मिसाइल र २ सय ४५ ड्रोनलाई भने खसालेको युक्रेनी वायु सेनाले दाबी गरेको छ ।
यो युद्ध सुरु भएदेखि शहरमा भएको सबैभन्दा ठूलो संयुक्त हवाई आक्रमण मध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ । हवाई आक्रमणबाट राजधानी कीएभमा मात्र १४ जना घाइते भएका छन् ।
आक्रमणबारे युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै रुसले युद्ध लम्ब्याउन चाहेको बताउनु भएकोछ । उहाँले एक्समा लेख्नु भएको छ, ‘यस्ता हरेक आक्रमणसँगै विश्वलाई थप स्पष्ट हुँदैछ कि युद्ध लम्ब्याउन हामी होइनौं रुस चाहन्छ ।’