वेपत्ता चालकको शव वालुवामा गाडेको अवस्थामा फेला

जेष्ठ २३, २०७८ | धादिङ

गत २० गते देखि वेपत्ता स्काभेटरचालकको शव गजुरी ७ दरियालखोलाको वगरमा गाडेको अवस्थामा फेला परेको छ । गजुरी ७ श्यामैडांडा निवासी २४ वर्षीय स्काभेटर चालक अर्जुन श्रेष्ठ गत २० गते देखि वेपत्ता भएका थिए ।

स्थानीय खोलामा स्काभेटरले वालुवा झिक्ने काममा रहेका अर्जुनको शव फेला परेपछि घटनास्थलमा स्थानीयवासीको ठूलो जमघट भएको छ । घटनास्थल पृथ्वीराजमार्गको वेल्खुखोला पुलवाट करिव १० किलोमिटर दक्षिण पर्छ ।

यसै स्थानमा काठमाण्डौंका यातायात व्यवसायी युवाहरु निर्मल पुस्कर पनि यातायात संचालनको विवादमा २०६३ मंसीरमा माओवादीले हत्या गरि गाडेका थिए ।

गजुरी स्थित प्रहरी नायव उपरिक्षक युवराज खड्काले भने । घटनाको आवश्यक छानविन गर्ने बताउनुभयो । 


प्रतिक्रिया