रौतहटमा स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ

जेष्ठ २६, २०७८ | रौतहट

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने २२ बर्षिय बन्टि कुमार कलवार र २० बर्षिय सुरज कलवार छन् । 

रौतहटको परोहा नगरपालिका ९ रामपुरखाप स्थित नेपाल भारत सिमामा बिआर ०५ आर ४५२१ जी नम्बरको मोटरसाईकलमा नेपाल आउदै गरेका उनीहरुलाई सुरक्षा जाँच गर्दा स्रोत नखुलेको रकम सहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपि सिद्धिबिक्रम शाहले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण बढेसंगै अहिले सिमा नाका बन्द छ । 

यही मौका छोपेर श्रोत नखुलेको रकमको ओसार पसार बढेको पाईएको छ । ओसार पसारमा संलग्न अधिकाश भारतीय नागरिक छन् । शसस्त्र र नेपाल प्रहरीले सिमाक्षेत्रबाट साउन यता श्रोत नखुलेको १ करोड ३९ लाख रुपैयाँ बरामद गरिसकेका छ ।


प्रतिक्रिया