भक्तपुरमा इँटा भट्टाको पोखरीमा बालकको शव फेला

असार ५, २०७८ | भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सेतो बीएम इँटा भट्टाको कृत्रिम पोखरीमा एक बालकको शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछेको शव पोखरीमा भेटिएको हो । 

शुक्रबार बालक हराएको र खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले खोजतलास गर्दा शनिबार बिहान करीब १ बजे ती बालक घर नजिकैको इँटा भट्टाको कृत्रिम पोखरीमा डुबेको अवस्थामा फेला परेको हो । 

मृतक बालकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाईको महानगरीय प्रहरी परिसर भक्तपुका प्रवक्ता डीएसपी दिपक गिरीले बताउनुभयो । इँटा भट्टामा असुरक्षित तरिकाले बनाइएका यस्तो कृत्रिम पोखरीमा डुबेर प्रत्येक वर्ष बालबालिकाको मृत्यु हुने गरेको छ ।


प्रतिक्रिया