थुनुवा फरार घटना : तीन प्रहरी निलम्बन

असार २८, २०७८ | सिरहा

थुनुवा फरार भएको घटनामा संलग्न भएको आरोपमा असई सहित तीन जनालाई सिरहा प्रहरीले निलम्बन गरेको छ । 

लागू औषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका नवराजपुर गाउँपालिका–१ का पशुपति यादव थुनुवा कक्षको झ्यालको ग्रील काटेर शनिबार बिहान फरार भएका थिए । 

थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालयले डीएसपी सुवास बुढाथोकीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सोही समितिको प्रतिवेदनपछि इलाका प्रहरी कार्यालय लहानका एक प्रहरी सहायक निरीक्षक, एक हवल्दार र एक प्रहरी जवान निलम्बनमा परेका हुन् । फरार यादव अझै पक्राउ परेका छैनन् । निलम्बनमा परेका कर्मचारीको नाम खुलाइएको छैन ।


प्रतिक्रिया