पेस्तोल सहित सिरहाबाट एक युवक पक्राउ

असार २८, २०७८ | सिरहा

कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित सिरहाको गोलबजारबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का सुजित कुमार यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–४ दुर्गा मन्दिर नजिकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार यादवलाई पक्राउ गरिएको हो । 

उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । 


प्रतिक्रिया