कार्यालय परिषरमा कर्मचारी मृत फेला

असार २८, २०७८ | इलाम

उच्च अदालत विराटनगर इलाम इजलाशमा कार्यरत कर्मचारी विमला कुमारी पराजुली मृत भेटिएकी छिन् । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई उच्च अदालत विराटनगर इलाम इजलाशमा कार्यरत पराजुलीको शव कार्यालय परिषरमा भेटिएका प्रहरीले जनाएको छ । 

४८ वर्षीया पराजुलीको शव शंकास्पद अवस्थामा भेटिएको भन्दै घटनाको अनुसन्धान भईरहेको इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया