हङकङमा डोमेस्टिक हेल्परको भिषा खुलाउने प्रयास गर्दै हङकङ नेपाली महासंघ

श्रावण ११, २०७८ | सुनसरी

नेपाली श्रमिकहरुलाई पनि हङकङमा डोमेस्टिक हेल्पर (घरेलु कामदार) को रुपमा भिसा दिलाउने पहल गर्न हङकङ नेपाली महासंघले नेपालका लागि हङकङका महाबाणिज्य दूतसंग आग्रह गरेका छन् । कउलुन जिल्लाको नाथान रोडमा रहेको मङकोकस्थित महासंघको कार्यालय भ्रमण अवलोकन गर्न आएका अवसरमा महाबाणिज्यदूत उदयवहादुर राना मगर र बाणिज्य दुत किरणकुमार गुरुङलाई शनिबार महासंघले सो प्रस्ताव राखेको अध्यक्ष टंक रानाले बताउनुभयो । हङकङमा ४० हजार नेपालीहरु हङकङ आइडी लिएर सन १९९७ देखि बस्दै आएका छन् । तर हङकङमै जन्मेको आइडी नभएका नेपालीहरुले डोमेस्टीक हेल्परको रुपमा भिसा पाउने गरेका छैनन् । जबकी अन्य मुलुकका नागरिकलाई भने हङकङ सरकारले डोमेस्टिक भिसा दिने गरेको छ । 

महासंघका अध्यक्ष रानाले टेलिफोन सम्पर्कका भन्नुभयो ‘बैदेशिक रोजगारीका लागि हङकङ सुरक्षित मुलुक भएकाले नेपालीहरुको छाता संगठन महासंघले डोमेस्टीक हेल्परमा आउन चाहने नेपाली नागरिकका लागि पनि खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएका छौं । त्यही सेरोफेरोमा महासंघले औपचारिक रुपमा महाबाणिज्यदुत रानालाई हङकङ सरकारसंग वार्ता गर्ने वातावरण मिलाईदिन पहल गरिदिनु आग्रह गरेका छौं ।’

उहाँले डोमेस्टीक भिसाका लागि महासंघले हङकङ सरकारसंग समन्वय गर्न सक्ने र त्यसकालागि नेपाल सरकारले हङकङ सरकारसंग ठोस प्रस्ताव राखिदिन महाबाणिज्यदुत रानासंग आग्रह गरेको बताउनुभयो । उहाँले हङकङ सरकार र चिनिया नागरिकहरु नेपाली समुदायप्रति सकारात्मक देखिएको पनि उल्लेख गर्नुभयो । तर डोमेस्टीक हेल्परको बारेमा औपचारिकरुपमा दुई पक्षबीच समन्वय र वार्ता हुन नसकेपछि हङकङ सरकारले नयाँ सुरक्षा कानून लागु गरेपश्चात महासंघले पहिलोपटक पहलकदमी गर्ने प्रयास गरेको हो । 

सो अवसरमा महासंघका पुर्व अध्यक्ष तथा हङकङ सरकारबाट नेपाली समुदायका लागि लगानी र प्रवद्र्धन गरिएको कम्यूनिटि सपोर्ट टिम फर नेप्लीज प्रोजेक्टका संयोजक रिता गुरुङले हङकङमा नेपाली समुदायको अवस्था, सांस्कृतिक, आर्थिक, सामाजिक र शैक्षिक अवस्था बारे संक्षिप्त जानकारी दिनु भएको थियो । उहाँले हङकङ सरकारको सहयोगमा नेपाली समुदायमाझ विभिन्न तालिम र कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभ एको थियो । सो अवसरमा महासंघका संरक्षक तथा पुर्व अध्यक्ष प्रदीप थापाले नेपाली नागरिकले हङकङमा डोमेस्टिक हेल्परको रुपमा प्लम्बर, विद्युत, टनेल, निर्माण क्षेत्रमा काम गर्ने अवसर पाए अन्य मुलुकको तुलनामा राम्रो आमदानी गर्न सक्ने र आफ्नो मुलुकमा बार्षिक रुपमा अर्वाै रुपैया रेमिट्यान्स भित्राउन सक्ने बताउनुभयो ।

 पुर्व अध्यक्ष हेम लिम्बुले महासंघ स्थापनाकाल देखिका हङकङ नेपाली महासंघको स्थापनाकाल दखिका अध्यक्षहरुको महत्वपुर्ण योगदा तथा भूमिका सहित विस्तृत जानकारी दिनु भएको थियो । महासंघको प्रस्ताव सुनिसकेपछि महाबाणिज्य दुत रानाले हङकङ सरकारले नेपाली समुदायको हितका लागि महासंघलाई विश्वास गरेर विभिन्न कार्यक्रम दिएको बुझ्दा डोमेस्टिक हेल्परको भिसाका लागि महासंघले राखेको प्रस्ताव खेर नजाने सम्भावना रहेको बताउनुभयो । नेपाल सरकारसंग समन्वय गरेर हङकङ सरकारसंग यस विषयमा वार्ता गर्ने वातावरण बनाउने प्रयास गर्ने उहाँको भनाई थियो । 

सो अवसरमा महासंघका सल्लाहकार तथा कृति एजुकेशन केन्द्रका संस्थापक पुस्पा गुरुङ, नेपाल चेम्बर कमर्स अफ हङकङ अध्यक्ष डासुराम पराजुली, महासंघका पुर्व सचिव डा चुडा थापा र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

तीन साता अधिमात्र हङकङका पुर्वमन्त्री तथा सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत हरुलाई बोलाएर महासंघले हङकङ आइडी लिएपनि कोरोना महामारीका कारण फर्किन नसकेका नागरिकलाई विमान चार्टर गरेर ल्याउन ज्ञापन पत्र दिएको थियो ।  


प्रतिक्रिया