अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन पर्यटकीय गाउँ चित्रेमा

आश्विन २५, २०७८ | पर्वत

अन्तर्राष्ट्रिय पर्वत समाजले तेस्रो अधिवेशनको तयारी तीब्र पारेको छ । समाजले कात्तिक ४ गते पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकीय गाउा चित्रेमा अधिवेशन आयोजना गरेको छ । 

अधिवेशनलाई लक्षित गरी अक्टोबर ३ तारिखका दिन जुम भर्चुअल मार्फत भएको बैठकले विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णयहरु गरेको अन्तर्राष्ट्रिय पर्वत समाजले जनाएको छ । 

समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक समिति, ब्यवस्थापन समिति, प्रचार प्रसार समिति, समन्वय समिति, प्रमुख अतिथि लगायत विविध विषयमा निर्णय गरेको समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो । 

अधिवेशनका लागि सस्थाका अध्यक्ष पुरन गिरीको संयोजत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ । सदस्यहरुमा वरिष्ठ उपाध्याक्ष झलक केसी, किरन पुन, रुद्रमणि लम्साल र बाबुराम शर्मालाई चयन गरिएको छ । अधिवेशन ब्यवस्थापनका लागि नेपाल प्रतिनिधि मुना भुषालको संयोजत्वमा सदस्यहरु चयन गरिएको छ । 


प्रतिक्रिया