हतियार सहित बर्दियाबाट ४ जना पक्राउ

मंसिर २४, २०७८ | बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तुको चोरी सिकार गर्न हतियार सहित प्रवेश गरेका चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का २७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् । 

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सुर्खेतको चिउरीबास मध्यवर्ती सामुदायिक वन हुँदै प्रवेश गरेपछि पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो । 

उनीहरुको साथबाट ३ थान भरुवा बन्दुक, ४१ थान गोली, एक सय ग्राम छर्रा, ३ सय ग्राम बारुद, १५ थान केप ४ वटा ह‘सिया साइकलको २७ थान छर्रा, एउटा रेती र पाँच वटा सलाई बरामद गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया