सहकर्मीमाथि चक्कु प्रहार गर्ने एक पक्राउ

पुस २८, २०७८ | बुटवल

रुपन्देहीको देवदह नगरपालिका–४ विजयपुरको इन्द्रणी प्लाष्टिक उद्योगका अपरेटर २२ वर्षीय वेतबहादुर सुनारीमाथि चक्कु प्रहार भएको छ । 

मंगलबार राति करीब ९ बजेतिर सैनामैना नगरपालिका–१ रानीबगियाका ३० वर्षीय भुपाल क्षेत्रीले सुनारीमाथि चक्कु प्रहार गरेका हुन् । 

सुनारीको टाउको र घाटीमा चोट लागेको छ । उनको तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया